अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकियो

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:४८ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिँदैछ। चार वर्षअघि २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त हुनुभएका घिसिङको कार्यकाल सकिन लागेको हो । विद्युत प्राधिकरण स्रोतका अनुसार पुनर्नियुक्ति नभए घिसिङ सोमबारदेखि कार्यालय जानुहुने छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्राधिकरणका कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तरता दिने सहमति भए पनि मन्त्रिपरिषद्मा घिसिङको प्रस्ताव भने पुगिनसकेको बताईएको छ ।

यद्यपि सोमबार हुने मन्त्रिपरिषद् बैठकले घिसिङको निरन्तरताबारे कुनै निर्णय गर्नसक्ने स्रोतले उल्लेख गरेको छ। पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन निजी क्षेत्रसहित सर्वसाधारणले विभिन्न माध्यमबाट दबाब दिइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू