अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

गण्डकी प्रदेशका थप ३ तीन कोरोना संक्रमितको ज्यान गयो

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:४४ मा प्रकाशित

गण्डकी प्रदेशका थप ३ जना कोरोना भाइरसका संक्रमितको ज्यान गएको छ । योसँगै गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार काठमाण्डौका विभिन्न अस्पतालमा तीन जनाको ज्यान गएको हो । तनहुँको आबुखैरेनी गाउँपालिका ४ की ७६ वर्षीया वृद्धाको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा भदौ २४ गते ज्यान गएको हो । उहाँलाई मुटुसम्बन्धी समस्या थियो ।

त्यस्तै गोरखाको भीमसेन थापा गाउँपालिका ३ का ४५ वर्षीय पुरुषको पनि शिक्षण अस्पतालमै २७ गते ज्यान गएको हो । उहाँमा मृगौलासम्बन्धी समस्या थियो ।यस्तै कास्कीको मादी गाउँपालिका ४ घर भइ काठमाण्डौको नयाँबजार बस्ने ५१ वर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भदौ २७ गते निधनभएको हो । उहाँलाई क्यान्सर र हाइपोथाइराडिजमको समस्या थियो । कोरोना सङ्क्रमितको जहाँ ज्यान गए पनि स्वास्थ्य मन्त्रालयले रेकर्ड राख्दा जुन प्रदेशको ठेगाना हो त्यहीअनुसार राख्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू