अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

अब २ हजारमै पीसीआर परीक्षण गर्न सकिने

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:४३ मा प्रकाशित

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको संक्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशोधन गरेर २ हजार रुपैयाँ कायम गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसअघि पीसीआर परीक्षणको शुल्क ४ हजार ४ सय रुपैयाँ तोकिएको थियो । सरकारी अस्पताल तथा पीसीआर परीक्षणका लागि अनुमति पाएका सबै निजी प्रयोगशालाले अब पीसीआर परीक्षणको शुल्क अधिकतम २ हजार रुपैयाँमात्र लिन पाउने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू