अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

नेपालमा १ हजार ३९ जना कोरोनाका संक्रमित थपिए, १ हजार १ सय ७३ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:४२ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । गएको २४ घण्टामा १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गरिएको थियो ।

गएको २४ घण्टामा १ हजार १ सय ७३ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । अब नेपालमा १५ हजार १सय १७ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, गएको २४ घण्टामा थप ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू