अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

हरेक नेपालीको थाप्लोमा ४५ हजारभन्दा धेरै ऋण, एक महिनामै बढ्यो २ हजार

बिआरटीनेपाल २०७७ भदौ २८ गते ६:४० मा प्रकाशित

नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने सात खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । कुल ऋणलाई नेपालको अहिलेको जनसंख्या तीन करोड ८२ हजार ८ सयले भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४५ हजार ६ सय २७ रुपैयाँ ऋण पर्न आउँछ ।

असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो । त्यो बेला हिसाब गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय रुपैयाँ ऋण रहेको थियो । साउन महिनामा सरकारले आन्तरिक ऋणको ३० करोड ४४ लाख रुपैयाँ ब्याज तिरेको छ । यस्तै बाह्यतर्फ ६० करोड पाँच लाख सावाँ र २८ करोड ८१ लाख ब्याज तिरेको छ । समग्रमा साउन महिनामा एक अर्ब १९ करोड ३० लाख रुपैयाँ सावाँ र ब्याज तिरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू