अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

कोरोनाका कारण विदेशमा थप ४३ जना नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ २७ गते २१:३६ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ४३ जना नेपालीको मृत्यु भएको छ । गएको मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको नेपालीको कोरोनाको कारण मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।

योसँगै साउदी अरबमा मात्रै कोरोनाको कारण ५२ जना नेपालीको मृत्यु भएको छ । यस्तै गएको साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विदेशका विभिन्न १६ देशमा कोरोनाबाट २ सय ४३ नेपालीको मृत्यु भइसकेको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिनुभयो ।

बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो । समितिका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू