अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

उत्तर कोरियाको आदेश– ‘सीमा क्षेत्रमा एक किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि गोली हान्नु’

बिआरटीनेपाल २०७७ भदौ २७ गते ७:२८ मा प्रकाशित

उत्तर कोरियाले चीनबाट आउने जो कोहिलाई गोली हान्न आदेश जारी गरेको छ । कोराना भाइरस संक्रमण रोकथामका लागि उत्तर कोरियाले यस्तो आदेश जारी गरेको हो । हालसम्म उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण कसैमा पनि भेटिएको छैन । आगामी दिनमा पनि कोरोना संक्रमा फैलिन नदिन भन्दै उत्तर कोरिया सरकारले चीनबाट आउने जो कोहीलाई गोली हान्न आदेश जारी गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । समाचार एजेन्सीका अनुसार सीमा सुरक्षामा खटिएका स्ट्राइक फोर्सलाई गोली हान्नेसम्मको आदेश दिइएको हो ।

बेलायतमा प्रकाशित एक समाचार पत्रिकाका अनुसार चीनबाट प्रवेश गर्ने नागरिक मात्रै नभइ सीमा क्षेत्रमा एक किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि उनीहरुले कारण नसोधी गोली हान्न सक्ने आदेश दिइएको बताएको छ । चीनबाट उत्तर कोरियाले चीनमा कोरोना भाइरस संक्रमण फैलिएसँगै गत जनवारीमा सीमा नाकाहरु बन्द गरिदिएको थियो । त्यसको ९ महिनापनि उत्तर कोरियाले चीनप्रति झनै कडा कदम चालेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा राम्रो सम्बन्ध भएका दुई मुलुक चीन र उत्तर कोरियाबीच कुनै प्रकारका दुस्मनी भने रहेको छैन। अझ भनौ उत्तर कोरिया चीनको सबैभन्दा ठूलो सहयोगी मुलुक पनि हो । त्यस्तै उत्तर कोरियाले छिमेकी अर्को मुलुक दक्षिण कोरियासँग यसअघि नै कुटनीतिक सम्पर्क र सीमा नाका बन्द गराइसकेको छ ।

दक्षिण कोरियाबाट गएका एक उत्तर कोरियाली आफ्नो नागरिकमा कोरोना सँग मिल्ने लक्षण देखिएको भन्दै उसले दक्षिण कोरियाका सबै नाका बन्द गर्ने जनाएको थियो । त्यस यता उत्तर कोरियाले गत जुलाईमा जुलाईमा सुरक्षा व्यवस्था कडा बनाउँदै संकटकालको पनि घोषणा गरेको थियो । सीमामा दुई प्रकारका सुरक्षाकर्मी तैनाथ गरिएको समाचार एजेन्सीहरुको भनाइ छ । जुन स्पेशल अपरेशन फोर्स र स्ट्राइक फोर्स हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू