अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

अफगानिस्तान सरकार र तालिवानबीच शान्ति वार्ता सुरु

बिआरटीनेपाल २०७७ भदौ २७ गते ७:१६ मा प्रकाशित

अफगानिस्तान सरकार र   तालिवानबीच शान्ति वार्ता सुरु भएको छ । कतारमा अफगानिस्तान र तालिवानबीच औपचारिक रुपमा शान्ति वार्ता सुरु भएको हो । वर्षौदेखिको युद्ध अन्त्यका लागि सुरु भएको वार्ताले शान्ति स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । वार्ताको मध्यस्थताका लागि कतार पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यो वार्तालाई ऐतिहासिक बताउनु भएको छ ।

उहाँले अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताउनुभएको छ । अमेरिका तालिवान सुरक्षा सम्झौता अनुसार शान्ति वार्ता सुरु भएको हो । गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाबीच कतारको राजधानी दोहामा भएको सम्झौतापछि अफगान सरकार र तालिबान समूहबीच वार्ता सुरु भएको हो ।

यस अघि मार्च महिनामा गर्ने भनिएको वार्ता विवादास्पद कैदीको रिहाईमा भएको ढिलाईका कारण पछि सरेको थियो । वार्ता सफल भएमा अफगानिस्तानमा चार दशकदेखि भइरहेको हिंसा अन्त्य हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू