अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

पोखरामा कोरोनाका कारण थप २ जनाको मृत्यु, दाहसंस्कारपछि मृतकमा कोरोना पुष्टि, २०० मलामी क्वारेन्टिन’मा

बिआरटीनेपाल २०७७ भदौ २७ गते ७:१० मा प्रकाशित

पोखरामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घर भइ हाल पोखरा महानगरपालिका–५ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको हो । यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको पनि उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।

यसैबीच, मृतक महिलामा दाहसंस्कारपछि कोरोना संक्रमण रहेको पुष्टि उनको मलामी गएका ्रदेश सांसदहरु, जनप्रतिनिधि, पत्रकार, पर्यटन व्यवसायीलगायत करिव २ सय जना क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । ब्लड क्यान्सरबाट पीडित पोखराकी महिलाको तीन दिनदेखि फिस्टेल अस्पतालको ‘आइसीयू’मा राखेर उपचार हुँदै आएकोमा उनको शुक्रबार बिहान मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाबको नमुना परीक्षणका लागि पठाइएको थियो । तर, अस्पतालले कोरोनाको रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाएपछि ती महिलाको अन्तेष्टि गरिएको थियो ।

यसैगरी, स्याङ्जाका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द«मा शनिबार बिहान मृत्यु भएको हो । योसहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशका २४ जनाले ज्यान गुमाएका छन् ।गण्डकीमा गएको २४ घन्टामा प्रदेशमा थप ८३ जनामा संक्रमण देखापरेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या दुई हजार ९०३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू