अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

भक्तपुरमा एकै परिवारका ३ जनाको रहस्यमय मृत्यु, श्रीमती र छोराको हत्यापछि विष सेवन गरेको आशंका

बिआरटीनेपाल २०७७ भदौ २७ गते ७:१० मा प्रकाशित

भक्तपुरमा एकै घरका ३ जना मृत भेटिएको घटनामा प्रहरीले गरेको प्रारम्भीक अनुसन्धानमा पारिवारिक कलहका कारण भएको तथ्य फेला पारेको छ । शुक्रबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका ३ जनाको जनाको शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

उनीहरु एकै परिवारका श्रीमान, श्रीमती र छोरा रहेका छन् । प्रहरीको प्रारम्भीक अनूशन्धानबाट श्रीमानले श्रीमती र छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेको खुलेको छ । प्रहरीका अनुसार घटना भएको घरको पहिलो तलामा छोरा सुशान्त, दोस्रो तलामा उनकी आमा सम्झनाको शव र तेस्रो तलामा सुदिपको शव फेला परेको थियो ।

सम्झना र शुसान्तको शव टाउकोमा धारिलो हतियार प्रयोग गरी गहिरो चोट लागेको अवस्थामा रहेको तर सुदिपको शरीरमा चोटपटक नभएकोले उनको घटना गराउनमा उनकै हात रहेको प्रहरीको अनुमान छ । पोष्टमार्टम रिपोर्टपछि थप जानकारी आउने प्रहरीले जनाएको छ । शुक्रबार घटना भएको थाहा पाएपछि सुदिपका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । उनीहरुको घरमा एउटा कुकुर पनि मृत भेटिएको थियो । सो कुकुर पनि विष खाएको कारण मरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू