अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

‘कोरोना भाइरस चीनले नै निर्माण गरेको हो’– चिनिँया वैज्ञानिक लि मेंग यान

बिआरटीनेपाल २०७७ भदौ २६ गते २३:५७ मा प्रकाशित

चीनकी महिला भाइरोलजिस्ट लि मेंग यानले कोरोना भाइरस मानव निर्मित रहेको आरोप लगाएकी छिन् । उनले कोरोना भाइरस मानव निर्मित रहेको र सो सम्बन्धि पर्याप्त प्रमाणहरु आफुसंग रहेको दाबी गरेकी छन् । लि मेँगले कोरोना भाइरस चीनको वुहान राज्यको मासुपसलबाट आएको नभई कुनै ल्यावबाट उत्पति भएको बताएकी छिन् । कोरोना भाइरसको अध्ययन गर्ने वैज्ञानिक मध्ये एक उनले कुनैपनि भाइरसको उत्पतिको विषयमा जानकार राख्ने मानिसले यो मानव निर्मित रहेको भन्ने पहिचान गर्न सक्ने बताएकी छिन् ।

उनले कोरोना भाइरस वुहानको मासु पसलबाट उत्पति नभएको भए कसरी उत्पत्ति भयो भन्ने प्रश्नमा, यो वुहानको कुनै ल्याबबाट उत्पत्ति भएको र यो प्राकृतिक नभएर मानव निर्मित भएको बताएकी छिन् । साथै उनले छिट्टै यो भाइरस मानव निर्मित भएको पुष्टि गर्ने समेत बताएकी छिन् । उनले चीन सरकारमाथि गम्भीर आरोप लगाउँदै भाइरसको विषयमा चीनले नै धेरै कुराहरु लुकाएको आरोप लगाएकी छिन् । चीनमै यो कुरा खुलासा गरेको भए आफू मारिन सक्ने भन्दै उनले फक्स न्यूजसँगको एक अन्तर्वार्तामा ज्यान जोगाउनकै लागि अमेरिकामा पसेर यो कुरा बाहिर ल्याएको बताएकी थिइन् ।

अमेरिकादेखि युरोपका कैयौं देशहरुले समेत यो खतरनाक भाइरसको उत्पत्तिलाई लिएर चीनलाई नै जिम्मेवार ठान्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू