अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७
| Colorodo: 05:42
रोल्पाको लुङ्ग्री गाउँपालिका १ पाँङ ऐपेमा पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ । घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिँदा ज्ञानसिंह घर्तीमगरका ११ वर्षका छोरा युवराज घर्ती र ८ वर्षका छोरा अमर घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक सहदेव डाँगीसहितको टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो ।
हजुरबुवा, हजुरआमा र आमासहित पाँच जना सुतेकामध्ये ३ जनाको अवस्था सामान्य छ । मृतकका बुवा भने रोजगारीका लागि भारतमा रहेको लुङ्ग्री गाउँपालिका १ का वडाध्यक्ष मोती पुनले बताउनुभयो ।