अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

अमेरिकाको ओरिगनमा भीषण डढेलो, दर्जनौँ मानिस बेपत्ता

बिआरटीनेपाल २०७७ भदौ २६ गते २३:४० मा प्रकाशित

अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोमा दर्जनौँ मानिस बेपत्ता भएका छन् भने दशौँ हजार मानिस बिस्थापित भएका छन्। गर्भनर केट ब्राउनले डढेलोको जोखिम युक्त क्षेत्रका बासिन्दालाई घर बाहिर सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ । डढेलोको जोखिमका कारण मानिसहरु घर बाहिर रहेको मौका छोपी लुटपाट पनि भएका छन्।

आगलागीका कारण धेरैको ज्यान गएको हुन सक्ने ओरिगन राज्यको आपतकालीन व्यवस्थापन समितिका निर्देशक एन्ड्रयू फेल्प्सले बताएको बिबिसीले उल्लेख गरेको छ। डढेलोका कारण ओरिगनका चारसहित अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। अमेरिकाका १२ राज्यहरुमा डढेलोका १०० भन्दा बढी घण्टा भएका छन् र डढेलो बिस्तार हुने क्रममा छ।

ज्याक्सन, लेन र मारियन आउन्टिमा डढेलोमा परी मानिसहरु बेपत्ता भएको प्रहरीबाट जानकारी पाएको गभर्नर ब्राउनले बताउनुभयो । तर उहाँले बेपत्ता व्यक्तिहरुबारे विस्तृत विवरण दिनुभएको छैन । यसैबीच, ४० हजार मानिसलाई बाध्यात्मक रुपमा सुरक्षित स्थानमा सर्न भनिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू