अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

अमेरिकी चुनाव रुस, चीन र इरानका ह्याकरको निशानामा

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:२५ मा प्रकाशित

अमेरिकाको आसन्न राष्ट्रपति निर्वाचन रुस, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरहरुको निशानामा परेको छ । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडिएका व्यक्ति र समूहहरुलाई ती ह्याकरले निशाना बनाएको दाबी माइक्रोसफ्टले गरेको हो ।राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा परेको जनाइएको छ ।

डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित दुई भन्दा बढी संस्था रुसी ह्याकरको निशाना रहेको माइक्रोसफ्टले दाब िगरेको हो ।यसअघि सन् २०१६ को निर्वाचनमा पनि रुसी हस्तक्षेपका कारण परिणाम उलटपुलट भएको भन्दै अमेरिकामा अझै पनि अनेकन मुद्दा चलिरहेको छ ।

सोही निर्वाचनमा हस्तक्षेप गर्ने रुसी ह्याकरहरु नै अहिले फेरि सक्रिय भएको माइक्रोसफ्टको दाबी छ ।चार वर्षअघि डेमोक्र्याटको चुनावी अभियानलाई रुसी ह्याकरले निशाना बनाएका थिए । चार वर्षअघिकै जस्तो गतिविधि फेरि देखिन थालेको माइक्रोसफ्टले जनाएको छ ।

चिनियाँ ह्याकरले भने बाइडेनको चुनावी अभियानसँग जोडिएका व्यक्तिका इमेलहरुलाई निशाना बनाइरहेको दाबी गरिएको छ । यसका लागि जिर्कोनियम नामक चिनियाँ ह्याकर समूह सक्रिय रहेको जनाइएको छ ।उता, इरानी ह्याकरको तारो भने ट्रम्पको चुनावी अभियान बनेको छ । फोस्फोरस नामक इरानी ह्याकर समूह यसका लागि सक्रिय रहेको छ । तर ती ह्याकरहरुको धेरैजसो निशाना सफल हुन भने सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू