अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

लेबनानको राजधानी बेरूत पोर्टमा आगलागी

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:२१ मा प्रकाशित

लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ। आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ। यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो। लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रि जोनको एउटा वेयर हाउसमा आगलागी भएको थियो। त्यहा तेल र ट्यांकर राखिएको थियो।

आगलागीपछि सेनाको हेलिकोप्टरबाट आगो निभाइएको छ भने पोर्ट जाने सडकमा ट्राफिक डाइभर्ट गरिएको छ। आगलागी कसरी भयो भन्नेबारे कुनै जानकारी आएको छैन। यता, बेरूतको गभर्नर मारवान अबाड तथा स्थानीय अधिकारीले मानिसहरूलाइ पोर्टबाट टाढाको दूरीमा जान अपील गरेको छ। यसअघि मंगलबार नै आगलागी भएको थियो। तर उक्त आगो तत्कालै निभाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू