अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

नेकपामा अध्यक्षद्वयको कार्यविभाजनमा प्रष्टता, सरकार सञ्चालनको पूरा जिम्मा ओलीलाई

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:१४ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजनलाई प्रष्ट पारेको छ । आज बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारका कामकारबाहीलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अर्का अध्यक्ष प्रचण्ड पार्टीका कामकारबाहीमा केन्द्रित रहने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अर्का अध्यक्ष प्रचण्ड पार्टी कार्यकारी अधिकारसहित पार्टीमा काम गर्ने निर्णय भएको उहाँले बताउनुभयो । गत असार १० देखि जारी नेकपाको स्थायी कमिटी बैठक आज सकिएको छ । बैठकमा अध्यक्षद्वयले तयार पारेको प्रस्तावमाथि आज १३ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए ।

ती सबै धारणाका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिनुभएको थियो । बैठकले पार्टी एकता रक्षा गर्ने, सुदृढ गर्दै अगाडि बढाउने पनि निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । पार्टीलाई विधिसम्मत् अगाडि बढाउने र कमीकमजोरी सच्याउने अनि एकतावद्ध रूपमा अघि बढ्ने निर्णय आजको बैठकले गरेको छ ।

दैनिक काममा पार्टीले सरकारलाई हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीको मार्ग निर्देशनलाई सरकारले ध्यान दिएर निर्णय गर्नुपर्ने निस्कर्ष पनि आजको स्थायी कमिटी बैठले गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू