अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

नेकपा स्थायी समिति बैठक – एमसीसी परिमार्जनसहित अनुमोदन, महाधिवेशन चैत २५ गतेदेखि

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:०८ मा प्रकाशित

नेकपाको महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाण्डौमा हुने भएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एकतापछिको पहिलो महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो । आन्तरिक किचलो समाधानको लागि सचिवालयले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि स्थायी कमिटीले पारित गरेको छ ।

बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएका केही प्रावधान परिर्वतन गरेर संसदबाट अनुमोदन गर्ने पनि निर्णय गरेको छ । यसको जिम्मा सचिवालयलाई दिइएको छ ।शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही अराष्ट्रिय र प्रतिक्रियावादीहरुले नेकपाको एकता भाँड्न प्रयास गरे पनि असफल भएको बताउनुभएको थियो । केहीबेर बैठकमा बसेर ओली बाहिरिनुभएको थियो । यो बैठकको अध्यक्षता प्रचण्डले गर्नुभएको थियो ।

भारतसँग राजनीतिक र कूटनीतिक वार्तामार्फत नै सीमा समस्या समाधान गर्न आवश्यक भएको निष्कर्ष पनि नेकपाले निकालेको छ । सरकारलाई यो विषय अझ प्रभावकारी ढंगले अघि बढाउने सुझाव पनि बैठकले दिएको छ ।

सरकारले कोभिड–१९ का बारेमा अहिलेसम्म यसको रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा लिएका नीति, योजना र कार्यक्रमहरुलाई सकारात्मक रुपमा बैठकले लिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अझै व्यवस्थित ढंगले रोकथाम, नियन्त्रण र उपचारको प्रक्रिया अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू