अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

पत्रकार वीरेन्द्र शाहको अपहरण र हत्याका मुख्य अभियुक्त कुर्मी १३ वर्षपछि पक्राउ

बिआरटीनेपाल २०७७ भदौ २५ गते ८:०० मा प्रकाशित

बारामा १३ वर्षअघि भएको पत्रकार वीरेन्द्र शाहको अपहरणपछि हत्या घटनाका मुख्य अभियुक्त दावी गरिएका हरेराम प्रसाद कुर्मी पक्राउ परेका छन्। बारा प्रहरीले कुर्मीलाई कोल्लबी नगरपालिका(४ बाट पक्राउ गरिएको जनाएको छ।

उनलाई बारा जिल्ला अदालतमा पेश गरिने छ। पत्रकार शाहको हत्यामा हालसम्म चार जना पक्राउ परेका छन्। बाराको ईनर्वासियाका मनेजर गिरी र खोपवाका राम एकवाल सहनी हाल जन्मकैद सजाय काटिरहेका छन्। बाराको गडहलका नरेन्द्र फौजदार पुर्पक्षका लागि कारागारमा छन्। उनलाई गत फागुनमा पक्राउ गरिएको थियो। एक जना अझै फरार छन्।

२०६४ साल असोज १८ गते बाराको उम्जनबाट अपहरणमा भएका पत्रकार शाहको चार दिनपछि बाराकै डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा उनको शव फेला परेको थियो। शाहलाई गोली हानी हत्या गरेको दावी प्रहरीको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू