अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

कोरोना नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै छौं – स्वास्थ्य मन्त्री ढकाल

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:४० मा प्रकाशित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै गएको बताउनु भएको छ ।विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एसिया) ७३ औं बैठकलाई सम्बोधनका क्रममा उहाँले बढी जनघनत्व भएका प्रमुख शहरमा कोभिड–१९ को बढी प्रभाव परेको भन्दै त्यस्ता क्षेत्रमा पीसीआर परीक्षण, आइसोलेशन, कन्ट्याक्ट ट्रेसिङ र आपूर्तिको क्षमता बढाएको बताउनुभयो ।

मन्त्री ढकालले भूकम्प र त्यस पछिका धेरै स–साना स्वास्थ्य आपत्कालीन अवस्थाको प्रतिकार्यका सिकाइ गर्दा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रहरूको स्थापना, आपतकालीन औषधि विकास समूह इमर्जेन्सी मेडिकल डेभलपमेण्ट टिम, हब अस्पताल सञ्जालको विस्तार कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि तयारी र प्रतिकार्यको क्षमता अभिवृद्धिमा मद्दत पुगेको पनि दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू