अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

अन्तर्राष्ट्रिय उडान थप गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:३८ मा प्रकाशित

सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल ल्याउन अन्तर्राष्ट्रिय उडान थप गर्ने भएको छ ।पिसिआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा विमान सेवा कम्पनीहरूले थप उडान गरेमा अनुमति दिने नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिनुभएको हो । भट्टराईले कुनै पनि कम्पनीले कम्पनीकै खर्चमा कामदार नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखी उडान अनुमति दिने उल्लेख गर्नुभएको छ । नियमित उडान नभएका देशहरूमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गर्ने उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू