अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

ग्रीसको आप्रवासी शिविरमा आगलागी, आगो लगाएर एक हजार व्यक्ति भागेको आशंका

बिआरटीनेपाल २०७७ भदौ २४ गते ७:०४ मा प्रकाशित

ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेको आशंका गरिएको छ ।ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय लिइरहेका छन् ।शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि केही दिनदेखि उक्त क्षेत्रलाई लकडाउनमा राखिएको थियो ।

उक्त द्वीपको प्रमुख शहर माइलिनका मेयर स्ट्राटोस काइटेलिसले शिविरको भित्र र बाहिरको क्षेत्रमा आगो फैलिएको र घरहरु क्षतिग्रस्त भएको जानकारी दिनुभयो ।उहाँले त्यस इलाकामा रहेका करिब १२ हजार आप्रवासीलाई प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो ।बाहिरबाट भित्र गएका केही व्यक्तिमा संक्रमण देखिएकाले अहिले यहाँ निकै कठिन अवस्था उत्पन्न भएको बताउनुभएको छ ।

आगलागीबाट कुनै पनि व्यक्ति घाइते भएका खबरहरु प्राप्त भएका छैनन् । प्रहरीका अनुसार आगलागी अबेर राति शुरु भएको थियो ।तर आगलागीको कारण र त्यसबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । लकडाउनको विरोधमा जानाजान आगो लगाइएको हो कि भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।स्वास्थ्य अधिकारीहरुले मंगलबार शिविरमा रहेका ३५ जनामा संक्रमण भएको पुष्टी गरेका थिए ।

निकै बाक्लो संख्यामा रहेका आप्रवासीमा संक्रमणको खतरा भएपछि व्यापक रुपमा परीक्षण गर्न आदेश दिइएको छ ।कोरोना पुष्टी भएका व्यक्तिहरुलाई अलग स्थानमा राखेर उपचार शुरु गरिएको छ । अहिले त्यहाँ दङ्गा प्रहरी पनि परिचालन गरिएको छ । गैरकानुनी रुपमा युरोप प्रवेश गर्न खोज्नेहरुका लागि सन् २०१५–१६ मा लेस्बोस निकै व्यस्त प्रवेश विन्दु रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू