अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

अफगानिस्तानमा उपराष्ट्रपतिलाई नै लक्षित गरेर विस्फोटन हुँदा १० को मृत्यु, १२ घाइते

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:५८ मा प्रकाशित

अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ ।विस्फोटनपछि कम्तीमा १० जनाको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन । उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिएको समाचारमा जनाइएको छ । ‘उहाँसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौं ।’ उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्थानीय समय अनुसार बुधबार बिहान साढे ७ बजे विस्फोटन भएको खबर प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा गएको थियो । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको र घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू