अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

ढोरपाटनमा बाढीमा हराइरहेका मध्ये १८ जनाको शव भेटियो

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:५७ मा प्रकाशित

गत १७ गते बुधबार रातिको बाढीका कारण हराइरहेकामध्ये हालसम्म १८ जनाको शव फेला परेको छ । ३८ जना हराइरहेकोमा दुई जनाको शव भेटिएपछि हालसम्म मृतकको संख्या १८ पुगेको हो । गुल्मिको चन्द्रकोट गाउँपालिका ८ स्थित वडिगाड खोलाको किनारमा अन्दाजी ३० बर्षिया महिलाको शव फेला परेको छ । त्यसैगरी ३६ बर्षिय हेम बहादुर विकको समेत शव भेटिएको हो ।

हालसम्म १७ जनाको पहिचान भएपनि हिजो भेटिएका महिलाको भने पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीले बताउनुभयो । अझै २० जना बेपत्ता रहेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाश सिँह भण्डारीको नेतृत्वमा प्रहरीले हराइरहेकाहरूको खोजी गरिरहेको छ । स्थानीयले समेत हराइरहेका आफन्तको खोजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू