अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

नेसन्स लिग फुटबलमा पोर्चुगल र फ्रान्स विजयी

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:५४ मा प्रकाशित

नेसन्स लिग फुटबलमा पोर्चुगलले जित हात पारेको छ । सम्पन्न खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० ले हराएको हो । यही खेलबाट क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे ।

पछिल्लो नतिजासँगै पोर्चुगलले नेसन्स लिग फुटबलको सुरुवाती दुवै खेलमा जित निकालेको छ । नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियामाथि ४–२ को जित आत्मसाथ गरेको छ । ओलिभर जिराउडले करियरको ४० औं अन्तर्राष्ट्रिय गोल गरेको खेलमा फ्रान्सले क्रोएसियालाई हराएको हो ।

प्रतिक्रिया