अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

बागलुङको भूजिखोला पहिरोमा परी १ सय ५० परिवार विस्थापित

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:४५ मा प्रकाशित

बागलुङको ढोरपाटन नगरपालिकामा गएको पहिरोमा १ सय ५० परिवार विस्थापित भएका छन् । बिस्थापित केहीले आफन्तकोमा आश्रय लिई रहेका छन भने आफन्त नहुनेहरुको बिजोग भएको छ । घररवारबीहिन भएपछि गाँसबासको समस्यामा उनीहरु पिरोलिएका छन् ।

गत भदौ १७ गते ढोरपाटन नगरपालिका ९ मा पहाड खसेर भूजिखोलाा थुनिएर बनेको ताल एकै चोटी फुटेपछि बाढी पहिरो आएको थियो । बाढीले ढोरपाटनका १८ जनाको ज्यान गएको छ भने २२ जना अझै बेपत्ता छन् । पहिखोला छेउमा रहेका अधिकांश घर पूर्ण रुपमा भत्किएका छन् भने कतिपयको आधा भाग बगाएको छ ।

बाढीले ८० घर पूर्ण रुपमा क्षति पुराएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढीले सडक बगाउँदा पूर्ण रुपमा अवरुद्ध छ । सडक अवरुद्ध हुँदा राहत समेत बाढी ग्रस्त क्षत्रसम्म पुर्याउन सकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू