अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:४२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको जम्मा संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

बुधबार थप ९ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा कोरोना भाइरसबाट बुधबार थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ पुरुष र ३ जना महिला छन् । मन्त्रालयका अनुसार काठमाडौंकी ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३१२ जना रहेको छ ।

अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ५ हजार ४ सय ८० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू