अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

नेकपा स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:४० मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्ताव तयार पार्नुभएको छ । अध्यक्षद्वयले आज बैठक बसेर पर्सी शुक्रबार बस्ने बैठकको कार्यसूची, प्रस्ताव तयार पारेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँले सचिवालय सदस्यहरूको सुझावसमेतलाई ध्यानमा राखेर कार्यदलको प्रतिवेदनलाई प्रस्तावको रुप दिइएको बताउनुभयो ।

अध्यक्षद्वयले प्रस्ताव तयार पारेपछि सबै स्थायी कमिटी सदस्यलाई कार्यसूची पठाइएको छ । यसैबीच, नेकपाले सचिवालय बैठक भने नबोलाउने भएको छ । अब अध्यक्षद्धयले तयार पारेको प्रस्ताव स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको जनाइएको छ । गत साउन १३ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको स्थायी कमिटी बैठक पर्सी शुक्रबार बस्न लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू