अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

विश्वभर १ करोड ९८ लाख ५३ हजार संक्रमित निको भए

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:३९ मा प्रकाशित

विश्वभर हालसम्म १ करोड ९८ लाख ५३ हजार कोरोना भाइरसका बिरामी निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या दुई करोड ७७ लाख ७१ हजार १ सय ९५ जना पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख २ हजार ५ सय ४८ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७० लाख १५ हजार ४ सय ९४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । ती मध्ये ६० हजार ४ सय ६१ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ६९ लाख ५५ हजार ३३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । कोरोना भाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार ३सय ७६ जना सङ्क्रमित भएका छन् भने १ लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित हुनेमा देशमा भारत रहेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै सङ्क्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको हो । पछिल्लो विवरण अनुसार भारतमा ४३ लाख ७४ हजार ३ सय १४ जना सङ्क्रमित हुँदा ७३ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी तेस्रो धेरै सङ्क्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार १ सय २४ जना सङ्क्रमित भएका छन् भने १ लाख २७ हजार ५ सय १७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू