अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ भदौ २३ गते ७:०१ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उहाँलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री डा. कोइरालाको स्वाब धुम्बराहीस्थित ह्याम्स अस्पतालमा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो ।

महामन्त्री कोइरालाको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि अन्य १९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको महाराजगञ्ज स्रोतले जनाएको छ । स्रोतका अनुसार उहाँको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू