अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

कोरोनाभाइरसविरुद्धको रुसी खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:५६ मा प्रकाशित

रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन ।

रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेटस् फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो । यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो ।

अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो । यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू