अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

कोभिड–१९ बाट विश्वमा ८ लाख ९७ हजारभन्दा बढीको मृत्यु, १ करोड ९६ लाख ११ हजार उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:५२ मा प्रकाशित

विश्वभरि कोरोनाभाइरस संक्रमणबाट ८ लाख ९७ हजार ४ सय ८९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । संगठनका अनुसार विश्वमा २ करोड ७५ लाख १८ हजार ४ सय ६९ जना कोरोनाभाइरस संक्रमित भएका छन् । यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित १ करोड ९६ लाख ११ हजार ३७ व्यक्ति कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख ९ हजार ९ सय ४३ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६० हजार २ सय ८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यसैगरी ६९ लाख ४९ हजार ६ सय ५५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा कोरोनाबाट १ लाख ९३ हजार ५ सय ८६, भारतमा ७२ हजार ८ सय ४३, ब्राजिलमा १ लाख २७ हजार, रुसमा १७ हजार ९ सय ९३, पेरुमा २९ हजार ९ सय ७६, कोलम्बियामा २१ हजार ६ सय १५, दक्षिण अफ्रिकामा १५ हजार ४, मेक्सिकोमा ६७ हजार ७ सय ८१, स्पेनमा २९ हजार ५ सय १५ जनाको मृत्यु भएको छ । यसैगरी अर्जेन्टिनामा १० हजार १ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू