अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

कोरोनाबारे भ्रम फैलाउने विरुद्ध कारबाही प्रक्रिया सुरु

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:४८ मा प्रकाशित

कोभिड–१९ (कोरोना भाइरस) को बारेमा भ्रम फैलाउने विरुद्ध कारबाहीका लागि प्रक्रिया सुरु भएको छ ।सामाजिक सञ्जाललगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानी जानी उत्पति गराइएको भन्दै भ्रम छर्ने विरुद्ध कारबाही प्रक्रिया थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

प्रवक्ता गौतमले कोरोनालाई लिएर समाजमा भ्रम फैलाउनेलाई कारबाही हुने भएकाले भाइरसको सङ्क्रमणलाई गम्भीर रुपमा लिएर सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउन, साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन र बेलाबेलामा स्यानिटाइजरको प्रयोग गर्न उहाँले फेरि पनि दोहोर्याउनुभयो । यस्तै सरकारको आग्रहअनुसार धेरैले मास्कको प्रयोग गर्न थालेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू