अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

कोभिड–१९ बाट विश्वमा ८ लाख ९३ हजारभन्दा बढीको मृत्यु, १ करोड ९३ लाख ८३ हजार उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ २२ गते ६:४३ मा प्रकाशित

विश्वभरि कोरोनाभाइरस संक्रमणबाट ८ लाख ९३ हजार ४ सय ६३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । संगठनका अनुसार विश्वमा २ करोड ७३ लाख १२ हजार ७ सय ७३ जना कोरोनाभाइरस संक्रमित भएका छन् । यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित १ करोड ९३ लाख ८३ हजार ४ सय ७६ व्यक्ति कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख ३५ हजार ८ सय ३४ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६० हजार ४६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यसैगरी ६९ लाख ७५ हजार ७ सय ८८ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

अमेरिकामा कोरोनाबाट १ लाख ९३ हजार २५३, भारतमा ७१ हजार ७ सय ११, ब्राजिलमा १ लाख २६ हजार ६ सय ८६, रुसमा १७ हजार ८ सय ७१, पेरुमा २९ हजार ८३८, कोलम्बियामा २१ हजार ४ सय १२, दक्षिण अफ्रिकामा १४ हजार ८ सय ८९, मेक्सिकोमा ६७ हजार ५ सय ५८, स्पेनमा २९ हजार ४ सय १८ जनाको मृत्यु भएको छ । यसैगरी अर्जेन्टिनामा ९ हजार ८ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू