अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१
| Colorodo: 14:56
पोखरासहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको परिमाण बढिरहेको छ । आज मात्र पोखराका ३१ सहित प्रदेशभर ६७ जनामा संक्रमण पुष्टि भएको छ ।कास्कीको पोखरा महानगरपालिकाका ३१ जना, नवलपुरका १५, गोरखाका १८ र तनहुँका तीनजनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिएका ६७ जना संक्रमित सबै ‘कन्ट्याक ट्रेसिङ’का आधारमा पत्ता लागेका हुन् । पोखरा फुड्स प्रालिमा कार्यरत् १७ महिला र आठजना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यहाँका कामदारमा यसअघि पनि कोरोना देखिएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।