अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

नेकपा स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने

बिआरटीनेपाल २०७७ भदौ २२ गते ६:३३ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । साउन १३ गते स्थगित भएको बैठक भदौ २६ मा बस्ने सहमति भएको हो ।

आज बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र महासचिव विष्णु पौडेल सहितको छलफलमा यो सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

अध्यक्षद्वयबीच भएको विवादमा नेकपा बैठक पटक पटक स्थगित हुँदै आएको छ । नेकपाको जारी स्थायी समिति बैठक गत असार १७ गतेपछि ७ पटक स्थगित भएर भदौ २६ का लागि डाक्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू