अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

अस्ट्रेलियाको मेलबर्नमा लकडाउन दुईहप्ता थप

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:४४ मा प्रकाशित

अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको भन्दै कडा लकडाउन दुई हप्ताका लागि थप गरिएको छ।कोभिड–१९ को नयाँ केसहरु पर्याप्त मात्रामा कम नभएकाले लकडाउन दुई हप्ता थप गरिएको मेलबर्नका अधिकारीले बताएको बिबिसीले उल्लेख गरेको छ ।

भिक्टोरिया राज्यका प्रमुख ड्यानिएल एण्ड्रयूले सेप्टेम्बर २८ सम्म मेलबर्गनमा लकडाउन लागु हुने बताएका छन्। अक्टोबरदेखि क्रमवद्ध रुपमा प्रतिबन्ध फुकुवा गरिने उहाँले बताउनुभयो ।

अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको इपिसेन्टर भिक्टोरिया राज्य बनेको छ । अस्ट्रेलियाका कोभिड–१९ बाट मृत्यु भएका ७५३ जनामध्ये ९० प्रतिशत भिक्टोरियाका छन् । अस्ट्रेलियामा हालसम्म २६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू