अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

यूएफा नेसन्स लिगमा क्रोएसियामाथि पोर्चुगलको शानदार जित

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:३७ मा प्रकाशित

साबिक विजेता पोर्चुगलले यूएफा नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि शानदार जित निकालेको छ ।गएराति भएको लिग ‘ए’ समूह–३ को खेलमा झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

सोही समूहको अर्को खेलमा फ्रान्सले स्विडेनलाई १–० ले हराएको छ । गएराति नै भएको अर्को खेलमा आइसल्याण्डलाई १–० गोल अन्तरले हराउँदै इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । सोही समूहको खेलमा बेल्जियमले डेनमार्कलाई २–० ले हराएको छ ।

यसैगरी गएराति नै भएका अन्य खेलहरुमा लिग ‘सी’ समूह–२ मा नर्थ म्यासेडोनियाले अर्मेनियालाइ २–१ ले पराजित गर्दा सोही समूहको अर्को खेलमा जर्जियाले इस्टोनियालाई १–० ले हराएको छ ।लिग ‘डी’ समूह –२ को खेलमा ज्रिबाल्टारले सान मारिनोलाई १–० ले हराएको छ ।

सी’ समूह–१ अन्तर्गत भएको खेलमा लक्जेमवगले अजरवैजानलाई २–१ ले पराजित गर्दा सोही समूहको अर्को खेलमा मोन्टेनेग्रोले साइप्रसलाई २–० पराजित गरेको छ ।

प्रतिक्रिया