अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ८४ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:३७ मा प्रकाशित

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ८४ हजार ५ सय २४ पुगेको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ७१ लाख १३ हजार ३ सय २७ लाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ९२ लाख ३० हजार ६९ जना उपचारपछि निको भएका छन् ।

विश्वभर ६९ लाख ९८ हजार ७ सय ३४ सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६९ लाख ३८ हजार ५ सय ८९ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६० हजार १ सय ४५ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ । कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ६४ लाख ३२ हजार २ सय ९ जनालाई सङ्क्रमण भएको छ भने १ लाख ९२ हजार ८ सय ६४ जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा ४१ लाख २३ हजार सङ्क्रमित हुँदा १ लाख २६ हजार २ सय ३० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ४१ लाख ३१ हजार ६ सय ९० सङ्क्रमित हुँदा कोरोनाका कारण ७० हजार ८ सय २ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू