अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

गण्डकी प्रदेशमा आज थप ६९ जनामा कोरोना सङ्क्रमण

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:२५ मा प्रकाशित

गण्डकी प्रदेशमा आज थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा २०, स्याङजामा २२, नवलपरासी बर्दघाट सूस्ता पूर्वमा १३ , तनहुँमा ७, बागलुङमा ३ जना, गोरखामा २ जना र लमजुङमा २ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिकामा १४ जना पुरुष र ६ जना महिला सहित कुल २० जना रहेका छन् ।

स्याङजाको पुतलीबजार नगरपालिकामा १ जना महिला र २१ जना पुरुष सहित २२ जनामा संक्रमण देखिएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वका मध्यबिन्दु नगरपालिकामा ८ जना पुरुष र २ जना महिला, कावासोती नगरपालिकाका २ जना महिला र बुलिङटारका १ जना पुरुष सङ्क्रमित भएका छन् । तनहुँको बन्दिपुरका १ जना पुरुष, भानु नगरपालिकाका १ जना महिला र एक जना पुरुष, व्यास नगरपालिकाका १ जना महिला, शुक्लागण्डकी नगरपालिकाका ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै बागलुङको काठेखोला गाउँपालिकाका २ जना महिला र १ जना पुरुष, लमजुङको बेशीशहर नगरपालिकाका १ जना महिला र १ जना पुरुष, गोरखाको आरुघाटका १ जना पुरुष र पालुङटारका १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक एबं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू