अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

गण्डकीमा आज सम्म १९ जना कोरोना सङ्क्रमितको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:२४ मा प्रकाशित

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ । गोरखाको गोरखा नगरपालिका ७ का ७६ वर्षिया एक बृद्धाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ब्रेन हेमरेजको विरामी रहेकी ति बृद्धालाई हिजो अचेत अवस्थामा गोरखा अस्पतालमा ल्याई आईसियूमा उपचार गराइराखिएको अवस्थामा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले बताउनुभयो । अहिले सम्म गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू