अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु, ९ सय ८० जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:२३ मा प्रकाशित

कोरोना सङ्क्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले मृतकमा २ जना महिला र ७ जना पुरुष रहेको बताउनुभयो ।

मृत्यु हुने महिलामा मोरङका ६४ वर्षीया र झापाका ४५ वर्षीया रहेका छन् । त्यसैगरी कोरोना सङ्क्रमणबाट मृत्यु हुने पुरुषमा मोरङका ४५ वर्षीया, पर्साका ७७ वर्षीया, धनुषाका ३५ वर्षीया, चितवनका ७० वर्षीया र काठमाडौँका ७४, ६८ र ८५ वर्षीया रहेका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिलो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आज सम्म कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू