अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५७ | Colorodo: 11:12

‘होल्डिङ सेन्टर’बाट घर जाँदा गाडी भाडामा ठगिएको यातायात व्यवसायीको आरोप

बिआरटीनेपाल २०७७ भदौ २० गते ७:०२ मा प्रकाशित

यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई ‘होल्डिङ सेन्टर’बाट घर पठाउने नाममा ठग्नेक्रम बढेको आरोप लगाएका छन् ।विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउनेक्रममा गाडी भाडामा ठगी भएको उनीहरुले आरोप लगाएका छन् ।सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले अमुक व्यक्तिहरुले ‘सेटिङ’मा यात्रुलाई ओसार्ने काम गरिरहेको बताउनुभयो ।

व्यवसायीले सहज र सुलभ दरमा यात्रुलाई बोक्छौं भनेर पटक(पटक गरेको आग्रहको बेवास्ता गर्दै सरोकारवाला निकायले नै यात्रुलाई ठग्ने र व्यवसायीलाई लुट्ने काम गरेको उहाँले दाबी गर्नुभयो ।आफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने उहाँले बताउनुभयो ।

कोरोना संक्रमण भएरनभएको एकिन गरी होल्डिङ सेन्टरबाट गन्तव्यमा पु¥याउने गरी वैज्ञानिक व्यवस्थापन हुनुपर्ने महासंघको माग छ ।वास्तविक व्यवसायीहरुले वैज्ञानिक तरिकाले गाडी शुल्क पाउनुपर्ने र यात्रुलाई ठगिनबाट रोक्नुपर्ने उहाँले बताउनुभयो ।

यसैबीच, नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुहरुलाई गन्तव्यमा पु¥याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ । सोही मागसहित ज्ञापनपत्र बुझाउन संगठनका पदाधिकारी गएपनि होल्डिङ सेन्टरबाट ज्ञापनपत्र नबुझेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू