अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

अल्का अस्पतालकी कर्मचारीको शव लेले जंगलमा फेला, हत्या आशंकामा एक जना पक्राउ

बिआरटीनेपाल २०७७ भदौ २० गते ७:०२ मा प्रकाशित

ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारीको शव मूलडोलस्थित लेले जंगलमा फेला परेको छ । शुक्रबार राति अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको हो ।

उनको हत्याको आशंमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या आशंकामा भतिजा निर्मल केसी पक्राउ परेका छन् । शुक्रबार राति नै उनको शव फेला परे पनि राति भएको हुँदा शवको मुचुल्का शनिबार बिहान मात्रै उठाएको थियो ।

केही दिन अघि उनी हराएको निवेदन ललितपुर परिसरमा परेको थियो । हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू