अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८० पुग्यो, १ हजार ४१ जनामा संक्रमण थपियो

बिआरटीनेपाल २०७७ भदौ २० गते ६:४१ मा प्रकाशित

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु भएसंगै मृतकको संख्या २ सय ८० पुगेको जानकारी दिनुभयो ।

योसँगै नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । नेपालमा हाल १७ हजार ८७० सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप एक हजार ५६६ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै शनिबारसम्म कोरोना निको हुनेको जम्मा संख्या २७ हजार १ सय २७ पुगेको मन्त्रालयले जानकारी गराएको छ ।

मुलुकभर उपचाररत् संक्रमितमध्ये १६७ जना आइसीयूमा रहेका छन् भने २४ जना भेन्टिलेटरमा रहेका छन् । यसैगरी, पछिल्लो २४ घन्टामा १२ हजार ४७३ जनाको ‘पीसीआर’ परीक्षण भएको छ । अहिलेसम्म देशभर ७ लाख ५७ हजार ९६३ ओटा पीसीआर परीक्षण भएको छ ।

अहिले नेपालमा संस्थागत र ‘होम आइसोलेसन’मा गरी १७ हजार ८७० जना आइसोलेसनमा रहेका छन् । अहिले ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, हुम्ला र डोल्पामा सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू