अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

निजी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना भए बीमा शूल्क दिनु नपर्ने

बिआरटीनेपाल २०७७ भदौ १९ गते ७:१६ मा प्रकाशित

बिमा समितिले निजी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भएको पाईएमा बिमा कम्पनीले भुक्तानी दिनु नपर्ने भन्दै पत्र मार्फत् कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बिमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएमा मात्र भुक्तानी गर्ने गरी व्यवस्था गर्नु हुन थप स्पष्ट गरिएको व्यहोरा अनुरोध गरिन्छ, समितिको निर्देशनमा भनिएको छ ।

बिमा समितिले निजी अस्पतालबाट आएको रिपोर्ट मध्ये केही नक्कली भएको आशंकामा यस्तो निर्देशन दिएको बताएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वास्तविक पीडितले मात्र सुविधा पाउन भन्ने उद्धेश्यले यसो गरिएको बताउनुभयो ।

सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको देखिएको भन्दै समितिले निजी प्रयोगशालाको परीक्षणलाई मान्यता नदिन भनेको छ । बिमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजिटिभ भएको पुष्टि गरेको हुनुपर्छ । गत सोमबार सम्म करिब ८ लाख ९५ हजार जनाले कोरोना बिमा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू