अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, आजै ८३ संक्रमित थपिए

बिआरटीनेपाल २०७७ भदौ १९ गते ६:४९ मा प्रकाशित

गण्डकी प्रदेशमा आज थप ८३ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार दिउसो थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको पोखरा महानगरका १ जना सहित प्रदेशका स्याङजा, गोरखा, मनाङ र नवलपुर जिल्लामा गरी ४३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा ५ का ३२ वर्षीय पुरुष, स्याङजा भिरकोटका २० वर्षीय पुरुष ,गोरखाका ३ वर्षीया बालिका देखि ५० वर्ष उमेर समुहका ९ महिला तथा २४ देखि ६० वर्ष उमेर समुहका ७ पुरुष , मनाङ चामेका २४ वर्षीया पुरुष र नवलपुरका ४ वटा पालिकाका २४ जनामध्ये २० देखि ६७ वर्ष उमेर समुहका ८ जना महिलामा र बाँकी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ९७ पुगेको छ । यस अघि आज बिहान गण्डकीमा एकैपटक ४० संक्रमित थपिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू