अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना पुष्टि, २४ घण्टायता १ हजार ३ सय ५४ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ भदौ १९ गते ६:४७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एकदिनमा भेटिएको अहिलेसम्मकै उच्च संक्रमण हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो डिस्चार्ज हुनेको अहिलेसम्मकै उच्च संख्या हो । यससंगै हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजाजर ५ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ४ रहेको छ । क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन्। अहिले भेन्टिलेटरमा २६ जनाको उपचार भईरहँदा आईसीयुमा १ सय ५१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू