अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

नेकपा सचिवालय बैठक– उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:३५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ । आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराउनुभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको सचिवालय बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाइ सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय पनि भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले देशको बर्तमान अवस्था, कोरोना संक्रमण, बाढी पहिरोको प्रकोप, उद्धार तथा राहत लगायतका बिषयमा सचिवालय सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

सचिवालय बैठकले मुलुकका समस्या समाधानको लागि एक्यवद्ध भएर जुट्न सवैलाई आग्रह गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले सरकारलाई बाढीपहिरो प्रभावितको उद्धार, राहत सहयोगको लागि यथाशीघ्र काम गर्न आग्रह गरेको छ । पार्टीका सवै कमिटी तहमा पनि सहयोगको गम्भिरतापूर्वक जुट्न निर्देशन दिएको छ । आजको बैठकले स्थगित स्थायी समिति बैठकलाई समयानुकुल संचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू