अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

डा. गोविन्द केसीको सत्याग्रह फेरि स्थगित

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:१० मा प्रकाशित

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गर्नुभएको छ । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह बस्ने भन्दै जुम्ला आउनुभएको थियो । तर कोरोनाको प्रभाव बढेपछि केही समयका लागि भन्दै उहाँले सत्याग्रह स्थगित गर्नुभएको हो ।

डा. केसीले प्रेस विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिनुभएको हो । विज्ञप्तिमा उहाँले भन्नुभएको छ, ‘महामारी फैलिँदै जाँदा जुम्लाबासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको छ ।’ यसैगरी सरकारले आफ्ना माग पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रह गर्ने जानकारीसहित उहाँले चेतावनीसमेत दिनुभएको छ । डा. केसीले विज्ञप्तिबाटै यस्तो जोखिम समयमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीहरुलाई नियमित सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले गएको साउन ११ गते जुम्लामा नै पत्रकार सम्मेलन गरेर तीन बुँदे माग सार्वजनिक गर्नुभएको थियो । चिकित्सा क्षेत्रका ती माग तीन हप्तापछि सरकारलाई पूरा गर्न र माग पूरा नभए जुम्लामा सत्याग्रह बस्ने बताउनुभएको थियो ।

यसैगरी डा. केसीले साउन ३२ गते फेरि पत्रकार सम्मेलन गर्दै भदौ ११ गते अनसनको समय सार्नुभएको थियो । यसैगरी भदौ ११ गते पनि डा. केसीले सत्याग्रह बस्ने वातावरण भएन । स्थानीय प्रशासनको अनुरोध भन्दै एक हप्तापछि सत्याग्रह सार्नुभएका केसीले फेरि एक विज्ञप्ति निकाल्दै केही समयका लागि स्थगन गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू