अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

भारतमा एकैदिन ८४ हजारमा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:०३ मा प्रकाशित

भारतमा एकैदिन ८४ हजार मानिसमा कोरोना भाइरस संक्रमण देखिएको छ । सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो ।एकैदिनमा देखिएको यो संक्रमितको संंख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसकै कारण हालसम्म ६७ हजार तीन सय ७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयका अनुसार कुल सङ्क्रमित ३८ लाख ५३ हजार ४०७ जना रहेकोमा २९ लाख ७० हजार ४९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यस बाहेक आठ लाख १५ हजार ५३८ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणको प्रभाव भारतका प्रदेशमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । त्यस प्रदेशमा अहिलेसम्म दुई लाख दई हजार ४८ जना सङ्क्रमित भेटिएका छन् । भारतमा देशभर एकैदिनमा ११ लाख ७२ हजार १७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ । भारतमा अहिलेसम्म साढे चार करोडभन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू